पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् : पूर्वमन्त्री तामाङ

सिन्धुपाल्चोक, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताउनुभएको छ । सिन्धुपाल्चोक चौतारामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो भन्नुभयो ।

“कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन”, उहाँले भन्नुभयोे, “पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन् ।” कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करीब ७० स्थानीय नेताकार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेकपा जिल्ला पार्टी कार्यालयमा इन्द्रावती गाउँपालिका–३ का पञ्चलाल तामाङसहित झण्डै ३५ स्थानीय नेताकार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले स्वागत गर्नुभएको हो ।

त्यस्तै आज नै बलेफी–८ कागुनेमा पनि स्थानीयवासी राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा करीब ५० युवा नेकपा प्रवेश गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिनुभयो । नवप्रवेशीलाई बलेफी गाउँपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रबीसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र बलेफी–८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका तामाङले स्वागत गर्नुभएको हो ।

२५ श्रावण २०७७, आईतवार ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..