पशुपति क्षेत्रको अतिक्रमण सरकारले सहँदैनः मन्त्री भट्टराई

काठमाडौँ, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर क्षेत्र भित्रका सम्पदा अतिक्रमण सह्य नहुने चेतावनी दिएका छन् । कुनै पनि राजनीति उद्देश्य वा अरु कुनै कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचिमिचो र अतिक्रमण हेरर बस्न नसकिने चेतावनी दिएका हुन् ।

पशुपति क्षेत्र विकास कोषको ‘सांस्कृतिक सम्पदा (मूर्त– अमूर्त) अनुसन्धान ग्रन्थ तथा कोषको आधिकारिक वेवसााइट, मोवाइल एप्स, युट्युव च्यानल, ट्वीटरलगायत सोसल मिडिया प्लेटफर्म’को लोकार्पण गर्दै मन्त्री भट्टराईले कुनै पनि गलत मनसायका साथ सांस्कृतिक सम्पदामाथि हुने ज्यादती सरकारले नसहने प्रष्ट पारे ।

‘हिजो कसको सरकार थियो, के भयो भन्नेतिर अब टाउको नदुखाऔं । अब सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाइन्छ’ मन्त्री भट्टराईले भने ।

२४३ सालमै सरकारले तोकेको पशुपतिको चार किल्लाप्रति कसैको पनि विमति नरहेको भन्दै उनले सो चार किल्लाभित्र बन्ने नीजि संरचना पनि पशुपतिको मापदण्डभित्र रहनु पर्ने बताए ।

२४ श्रावण २०७७, शनिबार ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..