काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले मानवीय गतिविधिमा कडाई गर्ने निर्णय गरेसँगै शनिबारबाट आवतजावतमा कडाई हुने भएको हो ।

कोरोनाको संक्रमण नियन्त्रण गर्न आवतजावतमा कडाइ गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । छलफलमा संक्रमितको संख्या बढी भएका क्षेत्र सिल गर्ने, अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

छलफलमा काठमाडौंका प्रजिअ दाहाल, भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका प्रजिअ नारायण भट्ट सहभागी थिए ।

२४ श्रावण २०७७, शनिबार ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ ।..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..