लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा नेपाली सुरक्षित

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन ।

बेरुतस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघबाट समेत नेपाली नागरिक प्रभावित भएको सबन्धमा कुनै जानकारी नआएको मन्त्रालयको भनाई छ । लेबनानलाई कायरोस्थित नेपाली राजदूतावासले हेर्ने गर्छ । घटनाबारे नेपालले भने दुख व्यक्त गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले एक समवेदन सन्देश पठाउँदै घटनाबाट नेपालको तर्फबाट दुख व्यक्त गरेकी छिन् ।

उनले मृतकको चीर शान्ती र परिवारमा समवेदन प्रकट गरेकी छिन् । घाइतको सिघ्र स्वास्थ्य लाभको कामना समेत राष्ट्रपतिले गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समेत विस्फोटबाट भएको धनजनको क्षतिले मर्माहत बनाएको बताएका छन् । उनले मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । यो मुलुकमा करीव १२ हजारको संख्यामा नेपाली नागरिक रहेको अनुमान छ ।

२३ श्रावण २०७७, शुक्रबार ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..