ओली र प्रचण्डबीच आज हुने भनिएको छलफल स्थगित

काठमाडौँ, २१ साउन । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको छलफल स्थगित भएको छ । तीन दिनदेखी लगातार वार्ता हुनै आएको भएपनि आजका लागि तय भएको वार्ता भने बिहिबार बिहान सम्मका लागि स्थगित भएको हो ।

बेलुका ५ बजेका लागि तय भएको दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान हुने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । ‘पार्टीका अध्यक्षद्वयबीचको आज ५ः०० बजे निर्धारित भेटवार्ता स्थगित भएको छ। भोलि बिहान बस्ने तय भएको जानकारी गराउन चाहन्छु’ थापाले भने । बिहिबार छलफल हुने भनिएपनि समय भने तय भइसकेको छैन ।

पार्टी भित्र चुलिएको विवाद समाधानका लागि नेताहरु लगातार छलफलमा छन् । दुई अध्यक्षबीच पहिला सचिवालय बैठक बस्ने कि स्थायी कमिटी बैठक बस्ने भन्नेमा विवाद छ । दुई अध्यक्ष बीचको छलफलमा आइतबारदेखि वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी हुँदै आएका छन् । तर अझै निश्कर्ष निस्किएको छैन ।

२१ श्रावण २०७७, बुधबार १९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..