पाकिस्तानले जारी गर्‍यो जम्मु–कश्मीर सहितको नक्सा

एजेन्सी, २१ साउन । पाकिस्तानले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक भन्दै मन्त्रिपरिषदको निर्णयलाई सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको बताएका छन् ।

‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ’ खानले उल्लेख गरेका छन् ।

तर भारतले भने यो नक्सालाई खारेज गरेको छ । भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेश जम्मु–कश्मिर र लद्दाख क्षेत्रमा यो आधारहीन दाबी हो । यसको न कानुनी वैधता छ, न अन्तर्राष्ट्रिय विश्सनीयता’ भनेको छ ।

२१ श्रावण २०७७, बुधबार ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..