ब्युटी एण्ड बोल्ड अभिनेत्री जरीन खानले भनिन्, ‘सलमान मेरो दिलको निकै नजिक छन्’

मुम्बई । ब्युटी एण्ड बोल्ड अभिनेत्री जरीन खानले बलिउडमा डेब्यू गरेको दशक पूरा भयो । अभिनेता सलमान खानसंग स्क्रिन शेयर गरेको फिल्म ‘वीर’ बाट आफ्नो फिल्म करिअर सुरु गरेकी उनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘विरप्पन’ जस्ता फिल्ममा काम गरेकी भएपनि बोल्ड अभिनेत्रीको छवि बनाएकी उनि यतिबेला नयाँ फिल्म उनको हातमा छैन ।

उनले आफ्ना प्रशंसकको मायाँले बलिउडमा १० वर्ष पूरा गरेको बताएकी छन् । ‘म फिल्म परिवारबाट आएको होइन । न त मेरो इन्डस्ट्रीमा कोही गडफादर नै छ । जब मैले बलिउडमा कदम राखेँ त्यसबेला सलमान खानले मेरो निकै सहयोग गरे । तर, मानिसहरु सलमान खानका कारण मैले काम पाइरहेको भन्ने गर्दछन् । तर, यो सत्य होइन ।’

जरीनले भनिन्, ‘सलमान खानले मलाई कुनै पनि कामका लागि सिफारिस गरेका छैनन् । तर, सलमान मेरो दिलको निकै नजिक छन् र सधैं रहनेछन । म सलमानलाई निकै इज्जत गर्छु । किनकि, म आज यो इन्डस्ट्रीमा सलमानकै कारणले छु । बलिउड इन्डस्ट्रीको हिस्सा भएपछि मैले आफ्नो बाटो आफैंले तय गरेको हुँ ।’

उनी आफू रणवीर सिंहको निकै ठूलो फ्यान रहेको बताउँछिन् । रणवीरसँग फिल्ममा काम गर्ने आफ्नो सपना रहेको उनको भनाई छ । उनले सैफ अली खान र आमिर खानसँग पनि काम गर्ने इच्छा रहेको बताएकी छन् । उनी आफू सिम्पल र शान्त जिन्दगी जिउन मन पराउने बताउँछन् । फिल्म ‘हेट स्टोरी ३’ मा दिएको इन्टिमेट सिनका कारण जरीनको निकै आलोचना भएको थियो ।

२० श्रावण २०७७, मंगलवार १८:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..