भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख ५५ हजार नाघ्यो

नयाँदिल्ली, २० साउन (एएनआइ)। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको मङ्गलबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ । राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक ३८ हजार ४८२ जनामा सङ्क्रमण भएको र ती मध्ये एक २४ हजार २५४ जना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमणको कारण दिल्लीमा चार हजार २१ जनाको मृत्यु भइसेकेको छ ।

२० श्रावण २०७७, मंगलवार १८:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..