साँगाबाट काठमाडौँ प्रवेश गरेका १३ जनामा कोरोना

रासस, २० साउन । एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।

लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो । साँगा–नाकामा मात्रै सङ्कलित तीन हजार ४८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार तीन नाकाबाट करीब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो । यात्रुको पोलिमरेज चेन्ज रियाक्सन ९पिसिआर० परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो । तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए। उनका अनुसार तीन नाकामा एक साता यात्रुको स्वाब सङ्कलन गरिएको थियो ।

“हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ, टार्गेट पूरा भएपछि स्वाब सङ्कलन कार्य बन्द गर्यौँ”, सापकोटाले भने । लकडाउनको अन्त्यपछि कोरोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई कोरोना सङ्क्रमण न्यूनीकरण गर्न थप रणनीति बनाउन मद्दत पुग्ने उद्देश्यले नाकामा जाँच गरिएको मन्त्रालयले जनाएको छ । टोलीले आइतबारदेखि शुक्रबारसम्म तीनै नाकामा उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरेको हो ।

२० श्रावण २०७७, मंगलवार ०९:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..