ई–पासपोर्ट छाप्न ४ विदेशी कम्पनी इच्छुक, कसले पाउला ठेक्का ?

काठमाडौँ, २० साउन । ई–पासपोर्ट छाप्नको लागि ४ वटा विदेशी कम्पनीले प्रस्ताव पेश गरेका छन् । फ्रान्सेली कम्पनी आइडेमिया, अमेरिकी कम्पनी एचआईडी ग्लोबल, चिनिया कम्पनी आइसिनो र जर्मनी कम्पनी मुलबर आईडी सर्भिसेजले ठेक्कका लोगी प्रस्ताव दर्ता गराएका हुन् ।

राहदानी विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी टेन्डर आह्वान गरेको थियो । विभागले १६ लाख थान पासपोर्ट ३२ पेज र ४ लाख थान पासपोर्ट ६४ पेजको हुने गरी छाप्न ठेक्का आह्वान गरको हो ।

विभाग स्रोतले आर्थिक प्रस्तावमा सबैभन्दा कम मूल्यको प्रस्ताव जर्मनी कम्पनी आइडेमियाको परेको जनाएको छ । आइडेमियाले २ करोड ६५ लाख ९० हजार अमेरिकी डलरमा पासपोर्ट छाप्ने गरी प्रस्ताव गरको छ । स्रोतका अनुसार विभागले उसैलाई ठेक्का दिने तयारी गरेको छ ।

२० श्रावण २०७७, मंगलवार ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..