सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको छ ।मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को निर्देशक समितिमा यस्तो प्रस्ताव गरेको हो । सीसीएमसीमा यो प्रस्ताव हाल विचाराधिन अवस्थामा छ ।

‘सीसीएमसीको बैठकमा यसबारे छलफल पनि भएको हो’ एक अधिकारीले भने, ‘तर निर्णय भएको छैन । सीसीएमसीले मात्रै निर्णय गरेर पनि नहुने भएकाले सीसीएमसीले आफ्नो निर्णय मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा पठाउनु पर्ने हुन्छ ।’

सरकारले असार २६ गतेबाट निजी सवारी साधानमा जोर विजोर प्रणाली हटाएर उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन अनुमति दिएको थियो । भदौ १ बाट लामो दुरीका सवारी पनि चलाउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो । ३ हजार ७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।

१९ श्रावण २०७७, सोमबार १५:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..