काँग्रेसमा महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणको काम सुरू

काठमाडौँ, १९ साउन । नेपाली काँग्रेसले फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण सुरू गरेको छ । आन्तरिक समायोजन गरिएका ६५ जिल्लाभित्रका वडा तहमा क्रियाशील सदस्यताका काम अगाडि बढिसकेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

संघीयता अनुसार आन्तरिक समायोजन नसकिएका जिल्लाले भने क्रियाशील सदस्यता फारम केन्द्रीय कार्यालयबाट पाएका छैनन् ।

‘बाँकी रहेका जिल्लामा समायोजनका काम छिट्टै टुंगिनेवाला छ’, उनले भने, ‘समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यताका काम अगाडि बबढाईसकिएको छ ।’

कांग्रेसले पुस ६ गतेदेखि तल्ला तहमा अधिवेशन गर्दैछ । १३ औं महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य रहेको काँग्रेसमा उपसभापति विजयकुमार गच्छदार काँग्रेसमा बिलय भएपछि उनको समूहलाई २५ हजार क्रियाशील सदस्यता दिने सहमति छ । काँग्रेसले यसवर्ष दुई लाख क्रियाशील सदस्य थप्ने लक्ष्य राखेको छ ।

कांग्रेसले जिल्ला कार्यसमितिलाई गत फागुनमा नै पत्र काटेर साविकको संख्याको तुलनामा ५० प्रतिशतसम्म सदस्यता संख्या बढाउन सकिने निर्देशन दिएको थियो ।

काँग्रेसले साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यता वितरण गर्ने गरेको छ ।

१९ श्रावण २०७७, सोमबार १४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..