तीन वर्षीय क्यान्सर पीडित बालकलाई सहयोग गर्न आग्रह

इलाम, १८ साउन: इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ ।

बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् । छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ आवश्यकता पर्ने जनाइएको छ । “ चिकित्सकले बालकको उपचार गर्न रु १२ देखि १३ लाख लाग्छ भन्नुभएको छ । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन”, बालकका बुवा गोपाल श्रेष्ठले भन्नुभयो, “त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।” आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ ।

१८ श्रावण २०७७, आईतवार ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..