अहिलेसम्म कृषकले पाएनन् युरियामल

चितवन, १८ साउन: चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहार्दा युरियामल पाउन नसकेको गुनासो गर्नुभयो । युरियामल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर अहिले साल्ट टे«डिङ र आफूहरुसँग युरियामल नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा युरियामल मात्र तत्काल तीन हजार मेट्रिक टन आवश्यक छ । लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकोे कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

साल्ट ट्रेडिङले तीन हजार मेट्रिक टन युरियामल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मल नभएको प्रमुख गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “धान रोप्ने समयमा नभए पनि गोड्ने समयसम्म आउँछ कि भनेको त्यो पनि बाटो कुर्नु मात्र भयो ।” लकडाउनले आउनुपर्ने मल रोकिएको हो । लकडाउन खुलेसँगै आपूर्ति सहज भए पनि मल आउन अझै समय लाग्ने उहाँको भनाइ छ । जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ । बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल अभाव अझै केही समय हुने बताउनुभयो । मल हाल्ने समय भए पनि युरियामल उपलब्ध नहुँदा विकल्पका रूपमा चिनी मल प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । अनुदानमा आउने मल सहकारीमार्फत र अनुदान नपाउने मल निजी क्षेत्रमार्फत बिक्री गर्ने गरिन्छ ।

१८ श्रावण २०७७, आईतवार ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..