नेपाल मेडिकल एशोसिएशनद्वारा विराटनगरमा आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह

विराटनगर, १८ साउन । नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ ।

केही दिनयता चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लीनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनुसन्धानले सङ्क्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गर्नुभएको छ । प्रदेश र विराटनगरमा सङ्क्रमणको स्रोतको पहिचान नहुने अवस्थाले समुदायसम्म फैलिएको पुष्टि भएकाले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न पनि उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

१८ श्रावण २०७७, आईतवार ०१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..