चीनिया शंकास्पद प्याकेट मेल मार्फत आएपछि अमेरिकन समाज आश्चर्यचकित

वाशिंगटन । अमेरिकाको अधिकांस राज्यमा चीनिया शंकास्पद प्याकेट मेल मार्फत घर-घरमा आएपछि युनाइटेड पोस्टल सर्भिस र सरकार आश्चर्यमा परेको छ । आफुले अर्डर नै नगरेको प्याकेट मेल मार्फत घर-घरमा आइपुगेपछि स्थानियले प्रशासनलाई जानकारी गराएका थिए ।

चीनबाट आएका प्याकेटहरुमा फलफूल एवं विभिन्न वनस्पतीको बियाँ (बीउ) पाइएको छ । अमेरिकाको स्थानिय सरकारको एग्रीकल्चर डिपार्टमेन्टहरुले सार्वजनिक गरेको तस्वीर अनुसार प्याकेटमा चीनको सरकारी हुलाक सेवा चाइना पोष्टको लेवल लगाइएको छ । केही लेवलमा ज्वेलरीको संकेत पनि राखिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले लेवलहरु नक्कली रहेको र त्यसबारे अनुसन्धान गर्न चाइना पोष्टले प्याकेट चीन पठाइदिन युएसपिएससँग अनुरोध गरि सकेको बताएका छन् । युएसपिएसले विज्ञप्ति जारी गरि प्याकेटबारे आफु जानकार रहेको र केन्द्र एवं राज्य सरकारका अधिकारीहरु समक्ष बेलैमा जानकारी पुर्याएको उल्लेख गरेको छ । युएसपिएसले थप जानकारी दिन भने अस्वीकार गरेको छ ।

यसरी प्याकेट पठाउनुको पछाडि को छ र के नियत हो भन्ने अहिलेसम्म खुलेको छैन । तर ‘ब्रसिङ स्काम’ अन्तर्गत कसैले यो हर्कत गरेको अनुमान लगाइएको छ । युनाइटेड स्टेट्स कृषि विभागले पनि नक्कली बिक्री या ग्राहक रुची देखाउन यसो गरिएको हुनसक्ने अनुमान गरेको छ । बिभाग अन्तर्गतको एनिमल एण्ड प्लान्ट हेल्थ इन्सपेक्सन सर्भिसले यसबारे थप अनुसन्धान गरि रहेको जनाइएको छ । क्यानडामा पनि यस्ता प्याकेट पुगेपछि अनुसन्धान सुरु भएको छ ।

१८ श्रावण २०७७, आईतवार ०१:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..