बेलायतबाट दुई सय नेपाली उद्धार उडान मार्फत स्वदेश फर्किए

लन्डन । बेलायतमा बसोवास गर्दै आएका नेपालीहरु शनिबार उद्धार उडान मार्फत शनीबार स्वदेश फर्किएका छन् । कतार एअरवेजको उद्धार उडान मार्फत नेपालीहरु बेलायतमा बसोवास गर्दै आएका नेपालीहरु स्वदेश फर्किएका हुन् ।

उनीहरु दोहाबाट भोलि आइतबार स्थानीय समय अनुसार बिहान ६ बजेर ३५ मिनेटमा काठमाण्डौका लागि उड्ने कतार एअरवेज ‘क्यूआर ३१६०’ नम्बरको जहाज नेपाली समय अनुसार दिउँसको १ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।

कोरोना संक्रमण र लकडाउनका कारण यूके लगायत युरोपका विभिन्न स्थानमा हजारौंको संख्यामा नेपालीहरु अलपत्र परेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल ५ र बेलायतको म्यानचेस्टरबाट पनि युरोपका विभिन्न स्थानका नेपालीहरु आजै स्वदेश फर्कदैछन् ।

बेलायतस्थित ट्राभल कन्सोलका निर्देशक बिराज भट्टका अनुसार आज नेपाल फर्कनेको संख्या दुई सयको हाराहारीमा रहेको छ ।

नेपाल फर्कनेमध्ये केम्यान आइल्याण्डमा पानीजहाज र होटलमा कार्यरत डेढ दर्जन नेपालीहरु र लकडाउनका कारण माल्टामा अलपत्र परेका केहि नेपालीहरु समेत रहेको भट्टले जानकारी दिए ।

लकडाउनका कारण युरोप लगायत बेलायतमा अलपत्र नेपालीहरुको उद्धार कार्यमा ट्राभल कन्सोलले संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । उद्धार कार्यमा लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ लगायतले पनि संयोजनकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाल सरकारले निर्धारित गरेअनुसार अर्को हप्ता पनि नेपालका लागि उडानको तयारी भैरहेको छ । नेपाल फर्किनेहरुमा भिजिट भिसामा घुम्न आउनेको संख्या पनि निकै रहेको छ । भिजिट भिसामा लन्डन आएकी कमला खड्का पनि हर्ष एवं उत्साहका साथ ५ महिनापछी नेपाल फर्किंदैछिन्।

लकडाउनले गर्दा यसपटकको यात्रा खल्लो भएको र आफूले नियमित रुपमा सेवन गर्दै आएको औषधीका कारण बढी झन्जट खेप्नुपरेको उनले बताइन् । तेस्तै एक महिनाको लागि नेपाल जान लागेका रनहांग राई र श्रीमती देवान कुमारी राई भने फेरी लकडाउन भएर नेपालमै रोकिनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

बेलायतबाट गत महिना पनि दुईवटा चार्टर फ्लाइट मार्फत २ सय २९ जना नेपालीहरु नेपाल फर्किसकेका छन् । नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल फर्काइएको थियो ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार केहि दिनदेखि स्थगित गरिएको चार्टर फ्लाइटलाई जुलाई ३१ तारिखबाट पुन: चौथो चरणको लागि चार्टर मार्फत उद्धार कार्य संचालन भएको हो ।
आगामी भदौ १ गतेबाट सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु व्यावसायिक रुपमा संचालन गर्न पाउने घोषणा गरिसकेको छ ।

१८ श्रावण २०७७, आईतवार ०१:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..