इराकमा सन् २०२१ को जुन ५ मा निर्वाचन हुने

बग्दाद, १७ साउन : इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गर्नुभएको हो ।

उहाँले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गर्नुभएको छ । “म यो घोषणा गर्न चाहन्छु की आगामी सन् २०२१ को जुन ६ तारिखका दिन हाम्रो देशको संसदीय निर्वाचन गरिने छ, यसमा हामी सवैको सहयोग र समर्थन हुनुपर्दछ,” उहाँले भन्नुभएको छ । टेलिभिजन सन्देशका क्रममा उहाँले अव हुन लागेको निर्वाचन समयावधिभन्दा अगाडिको अग्रिम निर्वाचन हुने पनि जानकारी दिनुभयो ।

उहाँले निर्वाचनका लागि आवश्यक सवै कानुन पारित गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाउन पनि आग्रह गर्नुभएको छ । उहाँले अन्तरराष्ट्रिय पर्यवेक्षकका साथमा निर्वाचन आयोगले पर्याप्त गृहकार्य गरेर स्वतन्त्रतापुर्वक निर्वाचन गराउन पाउने पनि जानकारी गराउनुभयो ।

१७ श्रावण २०७७, शनिबार १७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..