अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु

१४ साउन, (एएफपी) । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको. कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ ।
अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

१४ श्रावण २०७७, बुधबार २२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..