अंकितको फिल्म ‘सङ अफ दि क्लाउड’ एसोलो आर्ट फिल्म फेस्टिभलमा पुरस्कृत

काठमाडौं । अंकित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ इटालीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइएको फिल्मले एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म विधातर्फ पुरस्कार जितेको हो । विजेता बनेको यो फिल्मले ५ सय युरो प्राप्त गरेको छ । आफू निर्देशित फिल्म पुरस्कृत भएकोमा अंकितले खुसी व्यक्त गरेका छन् ।

यो फिल्म गएको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्टिभललगायत विभिन्न फिल्म महोत्सवमा पनि फिल्म प्रदर्शन भइसकेको छ । फिल्मले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितेको थियो ।

नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकित हाल अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरिरहेका छन् । उनले यो फिल्म थप केही फेस्टिभलमा छनौट भएको र त्यसको घोषणा हुन बाँकी रहेको बताएका छन् । छायांकारको रुपमा २० भन्दा बढी काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यू निर्देशित फिल्म हो ।

१३ श्रावण २०७७, मंगलवार ०९:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..