अमेरिकाको टेक्सासमा नेपाली मुलकी अस्मिता खनालको डुंगाबाट खसेर मृत्यु

टेक्सास । अमेरिकाको टेक्सासस्थित अर्भिङ्की २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको गत २६ तारिक आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबी मृत्यु भएको छ । टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना घटी उनको मृत्‍यु भएको हो ।लुइभिल लेकमा बोटिङ् गर्दा अधिकाँशले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ ज्याकेट नलगाएको बताईएको छ ।प्रत्यक्षदर्शी साथी आशा बुढाथोकीका अनुसार; ‘अस्मिता डुङ्गाको छेउमा बसेर रमाउँदै थिइन्, एक्कासी चिप्लिएर खसिन् ।मैले उनलाई हामफालेर बचाउन खोजें तर भेट्न सकिन’।
घटनापछि साथीहरुले प्रहरीलाई तत्कालै खबर गरेका थिए । प्रहरी र गोताखोरको लगातार ४/५ घण्टाको प्रयासपछि शब निकालेको प्रत्यक्षदर्शीले बताएका छँन् ।टेक्सस उमन्स युनिभर्सिटीमा अध्ययनरत अस्मिता ५ वर्षअघि अध्ययनको सिलसिलामा काठमाडौंबाट अमेरिका आएकी थिइन् ।हाल उनको शव टेक्सस मेडिकल सेन्टरमा आवश्यक प्रकृयाको लागि राखिएको छ ।मृतक अश्मिताको अन्तिम संस्कार लगायतका कार्यको लागि सहयोग स्वरुप सहयोग संकलनार्थ गोफन्ड मिमा ३० हजार डलरको लक्ष्य राखि खाता खोलिएको छ।

१३ श्रावण २०७७, मंगलवार ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..