दुनियाँको पहिलो विमान रावणले उडाएको श्रीलंकाको दाबी

कोलम्बो, (एजेन्सी)। भगवान रामको जन्मस्थान अयोध्या नेपालमा पर्छ भनेर प्रधानमन्त्री केपी ओलीले दाबी गरेसँगै राम जन्मभूमिका विषयमा नेपाल र भारतमा गरमागरम बहस चलिरहेको छ । चर्काचर्कीको यो माहोलमा रामायणको अर्को पात्र रावणको जन्मभूमि श्रीलंका समेत थपिएको छ ।

विश्वमा पहिलो पटक राइट दाजुभाइले विमान तयार गरेर उडाएको कुरा हामी सबैलाई थाहा छ । तर श्रीलंकाले चाहिँ विश्वमा सबैभन्दा पहिले विमान उडाउने व्यक्ति रावण भएको दाबी पेस गरेको छ ।

श्रीलंका सरकारले आजभन्दा ५ हजार वर्ष पहिले रावणले पहिलोपटक विमान उडाएको दाबी गरेको हो । यस सम्बन्धमा एक विज्ञापन सूचना जारी गर्दै श्रीलंका सरकारले रावणसँग सम्बन्धित दस्तावेजहरु शेयर गर्न आम सर्वसाधारणमा अपिल गरेको छ ।

श्रीलंकाको पर्यटन तथा उड्ययन मन्त्रालयले उक्त विज्ञापनलाई विभिन्न पत्रिकाहरुमा प्रकाशित गरेको छ । सिंहाली भाषामा छापिएका ती विज्ञापनमा भनिएको छ, ‘हामी रावणसँग सम्बन्धित दाबीहरुका विषयमा गहन अनुसन्धान गर्न चाहन्छौँ र यो प्रमाणित गर्न चाहन्छौँ कि दुनियाँको सबैभन्दा पहिलो विमान रावणले नै उडाएका थियो ।’

स्मरणरहोस् सन् २०१६ मा कोलम्बोमा आयोजित सिभिल एभियसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वउड्ययन मन्त्री निर्मला सिरिपालाले आधुनिक उड्ययनको इतिहास भलै राइट दाजुभाइबाट सुरु भए पनि रावण एक बहादुर राजा रहेको र उसले दान्दु मोनारा नामको विमान उडाएको दाबी गरेकी थिइन् ।

श्रीलंकाको नागरिक उड्ययन प्राधिकारणका अधिकारीले दुनियाँको पहिलो विमान रावणले नै उडाएको र त्यसलाई प्रमाणित गर्न आफुहरुसँग धेरै तथ्यहरु रहेकाले आगामी पाँच वर्षभित्रमा त्यसलाई प्रमाणित गरिछाड्ने बताएका छन् ।

रामायणमा खलपात्रको रुपमा रहेको रावणलाई श्रीलंकामा निकै श्रद्धा गरिन्छ । श्रीलंकाले आफ्नो पहिलो स्याटेलाइटको नाम समेत रावण-१ राखेको थियो ।

श्रीलंकाली शोधकर्ताहरुले त्यहाँ ५० वटा यस्ता ठाउँहरु पत्ता लगाएको दाबी गरेका छन् जसको सिधा सम्बन्ध रामायणसँग रहेको छ । त्यसमध्ये एउटा गुफा समेत रहेको छ जहाँ रावणको शव राखिएको दाबी गरिएको छ । उक्त गुफा श्रीलंकाको रेगला जंगलमा रहेको छ ।

१० श्रावण २०७७, शनिबार ०१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..