एनआरएनए दोस्रो ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन सेप्टम्बरमा

लन्डन । कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरुको सम्मेलन हुने भएको छ । ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ । यो सम्मेलन दोस्रो संस्करण हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन सेमी भच्र्योलमा हुनेछ, केही सेशनहरु प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भच्र्योल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ । प्रत्यक्ष कुराकानीका लागि स्थान भने अहिले तय भइसकेको छैन ।

पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो । दोस्रो सम्मेलन पनि त्यही मितिको आसपासमा तोकिएको छ । विश्वभर छरिएर रहेका झन्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरु सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा सहभागिताका लागि विश्वभर छरिरएर रहेका गैरआवासीय नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए स्वास्थ्य समितिले अनुरोध गरेको छ ।

कोभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरुको यो सम्मेलनले विशेष अर्थ राख्ने बताइएको छ । कोभिड–१९ का बारेमा चरणबद्ध रुपमा छलफल हुनेछ भने युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफल हुने एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।

१० श्रावण २०७७, शनिबार ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..