भुवन केसीद्वारा नायिका साम्राज्ञी विरुद्ध गाली बेइज्जती मुद्धा दायर

काठमाडौँ ।  नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्धा दर्ता गर्नुभएको छ ।

नायिका शाहले दुर्व्यबहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्धा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय (१) मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

बेइज्जति गरेमा हुने सजाय (२) मा कसैले कसैलाई बेइज्जति गरे वा गराएको ठहरिएमा बेइज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गर्नुभएको छ । नायक केसीले आफ्नोे चरित्र हत्या गरेको आरोप लगाउँदै नायिक शाहले कलाकार सङ्घमा उजुरी दिनुभएको थियो । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दुव्र्यवहार गरेको आरोप लगाएपछि विवाद चलचित्र सङ्घ हँुदै अदालतमा पुगेको हो ।

९ श्रावण २०७७, शुक्रबार २१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..