बाढीपहिरोले खानेपानी आयोजनामा क्षति

बलेवा, ८ साउन : पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब रु १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुयाएको छ ।

खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको बारीबेनी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताउनुभयो । आयोजनास्थलको माथिपट्टि भूपि शेरचन राजमार्ग स्तरोन्नतिका कारण पहिरो झरिरहेको र अत्यधिक वर्षासँगै कालीगण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको बारीबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो । विसं २०७२ देखि निर्माण शुरु गरिएको आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ । आयोजनाको कूल लागत रु १२ करोड ४३ लाख ७४ हजार रहेको छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९५४ घरधुरी लाभान्वित हुनेछन् । कालीगण्डकीको पानी शुद्धीकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घरघरमा खानेपानी पु¥याउने आयोजनाको लक्ष्य छ ।

पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पु¥याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताउनुभयो । जलजलाको वडा नं २, ३, ४ बारीबेनी, लामाखेत, पर्वतबगरमा ‘एक घर एक धारा खानेपानी’ पु¥याउने उद्देश्यले निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौँका संरचनामा क्षति पु¥याएकाले व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।

खानेपानी आयोजनासँगै रहेको जुगेधारा खेलमैदानमा समेत बाढीले क्षति पु¥याएको छ । प्रदेश सरकारको ‘एक गाउँपालिका एक खेलमैदान’ कार्यक्रमअन्र्तगत निर्माण भएको उक्त खेलमैदान कालीगण्डकीको कटानमा परेको हो ।

८ श्रावण २०७७, बिहीबार ११:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..