हामी किन गुट र उपगुट्मा बिभाजित छौ ? -पुरुषोत्तम बोहरा

हामी नेपालको बिभिन्न दूरदराज बाट अनेकौ सपनाहरूको जालो बुन्दै अनि सप्ननिल गगनभेदी महलहरुमा रमाउदै विश्वभरिका मनुवाहरूको सपनाको यो अलग देशमा आइपुगेका छौ । आफ्नो मातृभूमी र प्रिय आफन्तजनहरू सँग छुट्टिएर बस्नु पर्दाको पीडा त छदै छ झन् बढी पीडा त नेपालको बिग्रदो राजनैतीक ,आर्थिक र सामाजिक परिबेशका कारण टाढै बसेर पनि नजिक बाट नियाल्ने हामीहरूलाई भईरहेको छ। राजनीति त समाज सेवा हुनु पर्दथ्यो ,सामाजिक हितका खातिर हुनु पर्दथ्यो तर हाम्रो मुलुकमा मात्र यो ब्यापार भएको छ अनि जोगी बन्न राजनीति गरिएको होईन भन्ने खुल्ला चुनौती दिदै अपार धन सम्पत्तिको मालिक बन्ने पेशामा दर्ज गरिएको छ। आज मुलुकमा ईतिहासमै कहीले नभएको अराजकता ब्याप्त छ,सत्ताको छिना-झम्टीमानै पार्टीहरू मस्त छन। मुलुक सरकार बिहिन छ,भ्रष्ट्राचार मौलाएको छ,शान्ती- शुरक्षा र अमनचैन सपना भैसक्यो ,अराजकताले सिमा नाघी सक्यो,महङीको पीडाले गरीब आक्रान्त छन,शिक्षा र स्वास्थ क्षेत्र दयनिय छ नढाटी भन्नु पर्दा मुलुकले असफलताको अन्तिम सींढी टेक्नै लागेको अवस्था छ- दोसी को ? हाम्रा राजनेताहरू बिदेशिको वाइपङखी घोडा भएका छन। जुनसुकै बेला पनि छिमेकी कर्मचारिहरू उनिहरुमा सवार हुनु र चाबुक खानु सामान्य दिन चर्या भैसकेको छ-दोस कस्को ? एकातिर मातृभूमीको यो दयनिय अवस्था त छदै छ आर्को तीर हामि प्राबासीहरूको आ-आफ्नै पिडा छ। यो वा त्यो कारण बाट प्रताडित बनिरहेकै छौ । ब्यस्त जीवन यापन र कडा परिश्रममा मात्र हाम्रा सपनाहरू रमाएका छन। सामान्य नेपालिहरूको भन्दा माथिल्लो जीवनशैलीमा मात्र रमाउने र त्यसैमा सन्तुष्टी लिने हाम्रो आकांक्षा भने पक्कै होईन हामी हाम्रो जीवनस्तरलाई नेपालि राजनेताहरूले अपनाउदै आएका उच्च घरानिया शाही-नवाफिए शैली सम्म पुर्याउने भ्रमित महत्वकांक्षा पालेर बसेका छौ।
एकातिर आज हामी हाम्रो भाषा,संस्क्रिती,समाज र परम्परा सबै थोक भुल्दै गैरहेका छौ नै आर्कोतिर हाम्रा सन्ततीहरूले आफ्ना पुर्खा र थात-थलोको बारेमा समेत जानकारी नपाउदा र नराख्दा हाम्रो सन्तती छाला र कपालका कारण कालान्तरमा हिस्प्यानिक समुदाएमा रुपान्तरण हुने प्राय:निश्चितनै छ-जिम्बेवार को ? हामी ? मेरो ब्यक्तिगत मानष्पटलले यसलाई सधैं गम्भीर रुपमा लिरहेको छ। यदि बेलैमा नसोचिने हो भने हाम्रा सन्ततिका पुर्खाहरू लोप हुने छन अर्थात हामी लोपन्मुख छौ, लोप हुने छौ, हाम्रो अस्तित्व लोप हुने छ, घाँटी मा घन्टी झुण्डाइदिने कस्ले-कसलाई ?
मैले यहाँ दुइटा कुरालाई प्रमुख रुपमा उजागर गर्ने ध्रिष्टता गरेको छू ।
मातृभूमी प्रतिको हाम्रो कर्तब्य : नेपाली धर्ति माथीको आकासमा जतिसुकै कालो बादल मडारिरहेको किन नहोस किनारामा चाँदीको घेरा अबस्य देखिरहनु भएको छ,त्यो डाडा,त्यो भिर-पखेरी, त्यो समाज, त्यो रिती- थिती, ती खोला-नाला,ती हिमाल,पहाड र तराई अनी बेजोडको संस्क्रिती कसलाई पो प्यारो लाग्दैन र ? हामी सबै प्रबासी हाम्रो देशका सद्भाबना राजदुतहरू हौ भन्नेकुरालाई मनन गर्ने हो र मुलुकका हितमा आफूलाई अग्रसर गर्ने हो भने मात्र पनि केही हद सम्म तपाईंले कर्तब्य पालना गरिरहनु भएको हुनु हुने छ। मुलुकमा हुने र भैरहने प्राक्रितिक प्रकोप,महामारी र बिपत्तीहरूमा सामुहिक रुपमा सहयोग गर्ने बिकाश निर्माणमा होस्टेमा हैसे गर्ने ,प्राथमिकताका क्षेत्रहरू निर्धारण गरि सहयोग दाताहरू जुटाउने,राजनैतिक-सामाजिक-आर्थिक क्षेत्रको उत्थानका लागि बिज्ञहरु सँग आबस्यक सल्लाह र सुझाब संकलन गरि सरकार र दलहरूको ध्यानाक्रिष्ट गराउने काममा मात्र हामिले हाम्रो संस्थाहरूलाई लगाउनु पर्छ नकी कुनै दल तथा अमुक नेताहरूको चाकडिमा । यती मात्र गर्न सकियो भने मात्र मातृभूमी प्रतिको कर्तब्य केही हद सम्म पूरा गर्न सकिएला भन्न अत्युक्ती नहोला। “जननी जन्मभुमिश्च,स्वर्गादपी गरियशी”।
कर्म भुमिमा हाम्रो अस्तित्व: निश्चय पनि बिदेसिनुको पीडाले हामी सबै अक्रान्त भएका छौ । बिछोडिनु पर्दाको पीडाले कस्कोपो मन नदुखेको होला र । देश र प्रियजनहरूको सम्झना दिनमा हजारौं पटक आउँछ; मन भक्कानिएका पनि छन र बहकिएका पनि छन्। यति हुँदा हुँदै पनि मुलुक भित्र ब्याप्त अराजकता र अस्तब्यस्ततालाई चित्त बुझाउने सञ्जिवनी को रुपमा ग्रहण गर्दै पाखुरी बजारी रहेकै छौ । फर्किने सोचबनाएकाहरू र मुलुक छोडेर पश्चाताप गर्नेहरूले पनि ठीक गरिएछ भन्दै मानसिकता बदली सकेका छन् र छैनन् भने पनि छिट्टै बदल्ने छन्। यो अबस्थामा समुदाए र सामाजिक संस्थाहरूको भूमिका के ? के हामीहरूले हाम्रो क्रियाशिलता बढाइरहेका छौ त ? अर्थात सस्थाहरूको उदेश्य र लक्षहरूले पुर्णता पाइरहेका छ त ? “काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तीर” भने जस्तै सभा र सम्मेलनहरू खाली छुट्टी (Vacation) मनाउने अबसरका रुपमा मात्र लिरहेका त छैनौ ? कतै यो गन्तब्य बाट टाढी रहेको त छैन ? सोच्नै पर्ने भएको छ।
बिल्कुलै भिन्न समाज र सामिजिक परिबेशका कारण हामी कुहिरोको काग जस्तै भैरहेका छौ। छेपारोले रंग बदले जस्तै की त बदलिन सक्नु पर्‍यो की त आफ्नो मौलिक संस्क्रिती,चाडपर्ब र रितिरिवाजको सुरक्षा गर्न सक्नु पर्‍यो यस्तो अबस्थामा ब्यक्तिगत प्रयासहरु जत्ति आबस्यक छ सामुहिकताले झनै महत्वपुर्ण अर्थ राख्दछ । कतै हामी केटा केटी सँग अङ्रेजी सिक्ने बहनामा आफै भाषा बिर्सिरहेका त छैनौ ? कतै हामी दशै,तिहार ,छठ ,माघी,लोत्सहार र फागु जस्ता आफ्नै मौलिकता बोकेका चाडहरू भुलिरहेका त छैनौ ? हामी त्यो क्षयिकरणको क्रममा छौ । बेलैमा नसोचिने हो भने हाम्रा सन्ततीले के गर्लान ? हाम्रा भाषा ,रितिरिवाज र संस्क्रितीहरू हाम्रा अमुल्य सम्पदाहरू हुन। यिनीहरूको जगेर्ना गर्नु हामी सबैको कर्तब्य पनि हो । हाम्रो सामाज बलियो हुँदा मात्र यी सम्पत्तिहरूलाई पुस्तान्तरण गर्न सकिएला, हामीले हाम्रो थैली सुरक्षित गर्दा मात्र साथिलाई चोरीको अभियोग नलाग्ला ।
यदि साच्चिकै हाम्रा संस्थाहरू सामाजिक मन र भावना बाट अभिप्रेरित हुन भने चुनौतीलाई स्विकार्न सक्नु पर्दछ। समाज र समुदाएका हितका खातिर अग्रसरता देखाउनु पर्दछ । बन्धुत्वको भाबनालाई जाग्रित गराउदै समाजको हरेक सूख दु:खको भागेदारी हुनु पर्दछ। संस्थाका हरेक आर्थिक गतिबिधीहरूमा पार्दशिता हुनु पर्दछ । प्रजातान्त्रिक निर्बाचन प्रणालीमा आधारित साङठनीक स्वरुप र कुशल नेत्रित्वले मात्र समुदाएको नेत्रित्व प्रदान गर्दछ । प्रवासमा थुप्रै संस्थाहरू नेपालीका नामबाट दर्ता गरिएका छन के सबैको भाबना पवित्र छन त ? कामना गरौ । किन हामी गुट र उपगुट्मा बिभाजित छौ ? किन हामि एउटै बिशाल छतामुनी सङठित हुन सकिरहेका छैनौ ? की त छाता सानो छ की त छाता भित्र आउनको लागि आव्हान गरिएको छैन। कुन तत्वले हामीलाई बिभाजित गरिरहेको छ ? जब सम्म हामी बिभाजित मानसिकता बाट माथी उठ्दैनौ,कुण्ठा बाट ग्रसित हुन्छौ ,दाश मानसिकता र चाकडी चाप्लुसीले घर गर्दछ तब सम्म समाज सेवा राम्रो कलाकारले गरेको नाट्य मन्चन सिवाए केही हुने छैन। तेसैले आऔं हातमा हात मिलाऔ र समाज सेवा जस्तो महान कार्यमा अग्रसर बनौ। नेपाली समुदाएको हितमा आफूलाई अधिकतम प्रयोग गरौ ।

६ भाद्र २०६९, बुधबार ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..