गेसो सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा

काठमाडौं । भूतपूर्व गोरखा सैनिकमाथि बेलायतले गरेको अन्यायविरुद्ध लड्दै आएको संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सरकारको यहि असार १७ गते गरिएको निर्णयविरुद्ध नेपाल सरकार गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय राष्ट्रिय परिचय-पत्र तथा पन्जिकरण विभागलाई विपक्षी बनाई गेसोको सभापति कृष्णकुमार राईले रिट दायर गरेका हुन् ।

सभापति राईले पूर्व गोरखा सैनिकमाथि नेपाल सरकारले पनि विभेद गरेको बताएका छन् । ‘बेलायतले त हामीमाथि बिभेद गर्‍याे गर्‍याे तर आफनै सरकारले पनि सम्मान स्वरूप ज्येष्ठ नागरिकलाई दिईरहेको सामाजिक सुरक्षा भत्ता कटौती गरी हामी विदेशी सेनामाथि विभेद गरेको छ ।’ उनले भनेका छन्,‘ यसैलाई मध्यनजर गरी एउटा समग्र गोरखाहरुको अधिकारको निमित् कानुनी लडाई लड़ने जिम्मेवारी साथ बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसकातर्फबाट गोरखा भुतपूर्ब सैनिक संघ (गेसो) ले नेपाल सरकारलाई बिपक्ष बनाई नेपालको सर्बोच्च अदालतमा मिति २०७७ साल साउन ५ गते मा रिट दायर गरियो ।’

सरकारले यही २०७७ असार १७ गते विदेशी सरकारबाट नियमित रुपले निवृत्ती भरण पाइरहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । उक्त निर्णयले बेलायती, भारतीय, सिंगापुरलगायतका भूतपूर्व सैनिकहरु प्रत्यक्ष प्रभावित हुने भएकाले गेसोले आन्दोलनको घोषणा गरिसकेको छ । उसले यसअघि प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको सो निर्णय गैरकानुनी र संविधानको मर्मविपरीत रहेको बताएको छ ।

यदि यो निर्णय कार्यन्वयन भए बेलायती, भारतीय, सिँगापुर प्रहरीबाट अवकास पाइ हाल नेपालमा पेन्सन पाउँदै गरेका वृद्धवृद्धाहरु नेपाल सरकारले दिने वृद्धभत्तालगायतका अन्य सामाजिक सुरक्षा भत्ता पाउने छैन ।

६ श्रावण २०७७, मंगलवार १४:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..