कोरोनाका कारण विदेशमा पछिल्लो हप्ता १६ नेपालीको मृत्यु

काठमाडौं, ५ साउन । कोरोना भाइरस संक्रमणका कारण कारण विदेशमा एक हप्तामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न देशमा १६ जना नेपालीको ज्यान गएको हो । योसँगै विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या दुई सय नाघेको छ ।

संघ मातहतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार पछिल्लो हप्ता कतारमा ८, कुवेतमा ३ र युएईमा ५ जनाको मृत्यु भएको छ । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । विदेशमा ३० हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २८ हजार ६८१ जना संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

एनआरएनए, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा २५ मुलुकबाट २९ हजार ७८० जना नेपालीको उद्धार भएको छ ।

यस्तै मलेसिया, साउदी अबर, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट १७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४३४ जनामध्ये १५६ शवको परिवारको सहमतिमा गन्तव्य मुलुकमा नै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०७ वटा शव नेपाल ल्याउन बाँकी छ ।

५ श्रावण २०७७, सोमबार १२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..