तत्काल केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने प्रचण्ड–नेपाल समूहको निश्कर्ष

काठमाडौँ, १ साउन । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट कुनै निश्कर्ष नआएपछि नेकपामा प्रचण्ड–माधव समूहले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको छलफलमा पनि सहमति नजुटेपछि प्रचण्ड–माधव समूह केन्द्रीय कमिटी बोलाउनुपर्ने निश्कर्षमा पुगेको हो । ओलीसँगको छलफलपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए । खुमलटार सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पनि सहभागी थिए ।

स्रोतका अनुसार बिहिबार बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने सम्भावना छ ।

१ श्रावण २०७७, बिहीबार २१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..