मेलम्चीको सुरुङ परीक्षणको काम रोकियो

सिन्धुपाल्चोक, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणको काम रोकिएको छ । मंगलबार आयोजनाको फ्लसिङ गेट फुटेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम स्थगित गरिएको हो ।

परीक्षणका क्रममा सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका ४ जनालाई गेट फुटेर आएको पानीले बगाएको थियो । त्यसमध्ये २ जनाको उद्धार भएको छ भने दुई जना बेपत्ता छन् । एकजना चिनियाँ इन्जिनियर र आयोजनाका सवारी चालक बेपत्ता भएका हुन् । २ जना इन्जिनियर घाइते छन् । अहिले बेपत्ताको खोजी भईरहेको छ ।

दुर्घटनापछि मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न पूर्ण रुपमा रोकिएको छ ।

३० असार २०७७, मंगलवार २२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..