नक्कली अयोध्या खडा गरेर भारतले साँस्कृतिक अतिक्रमण गर्‍योः प्रधानमन्त्री

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन् । आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको आरोप लगाएका हुन् ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भएपनि भारतले नक्कलीअयोध्या खडा गरेर नेपालको सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाए ।

हामी सांस्कृतिक हिसाबले थिचिएका छौं, तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारतका हैन अध्योध्याकालाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो । अहिले भारतले खडा गरेको अयोध्या नक्कली हो’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले प्रश्नसमेत गरे, ‘भारतले भनेको अयोध्या नै सही हो भने त्यति टाढाका राजकुमार जनकपुर विवाह गर्न कसरी आइपुगे ?’

२९ असार २०७७, सोमबार २०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..

सर्वोच्चको आदेश : वर्षको ६ पटक घरेलु मदिरा उत्पादन गर्न दिनु

काठमाडौं । सर्वोच्च अदालतले घरेलु मदिरा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । सर्वोच्चले घरेलु..