बुल्गेरियामा चार दिनदेखि सरकारविरोधी प्रदर्शन

सोफिया: – पूर्वी युरोपेली मुलुक बुल्गेरियामा चार दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ ।

    प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार राजधानी सोफियामा भेला भएका तीन हजारभन्दा बढी प्रदर्शनकारीले सरकारी मुख्यालयका साथै संसद भवनसम्म नाराजुलुस सहित पैदलयात्रा गरेका थिए । उनीहरुले बुल्गेरियाको वर्तमान सरकार “माफिया” को चंगुलमा फसेको आरोप लगाएका थिए । सरकार विरोधी प्रदर्शन चर्किएसँगै सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा फौजलाई सरकारी कार्यालयहरु र संसद भवनमा तैनाथ गरिएको छ । यसैबीच, राष्ट्रपति रुमेन राडेभका कानुनी मामिला तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी सचिव एवं सुरक्षा र रक्षा सल्लाहकारलाई पक्राउ गरी उनीहरुका कार्यालयमा छामा मारिएको छ । उनीहरुमाथि राज्यका गोपनीय सूचना चुहाएको आरोपमाथि पनि छानबिन शुरु भएको छ ।

      सरकार विरोधी प्रदर्शन आइतबार देशका अरु दश वटा शहरमा पनि भएको थियो । बुल्गेरियाका राष्ट्रपति राडेभले प्रधानमन्त्री बोयको बोरिसोभका मन्त्रिमण्डलमाथि पनि आक्षेप लगाउने गर्नु भएको छ । उहाँले मन्त्रिपरिषदका सदस्यहरुको चारित्रिक स्थिति कमजोर रहेको बताउँदै आउनु भएको छ । प्रधानमन्त्री बोरिसोभले शनिबार राजीनामा गर्न अस्वीकार गर्नु भएको छ । तर प्रदर्शनमा सहभागीहरुले उहाँको राजीनामाको माग गर्दै दश लाख हस्ताक्षर अनलाइनबाट प्रेषण गरिएको छ । संसदमा मुख्य विपक्षी समाजवादी पार्टीले सरकार विरुद्ध आगामी बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिने बताएको छ । समाजवादीहरुले आफ्नो पक्षमा समर्थन जनाउन अपिल गरेका छन् । शुक्रबारको प्रदर्शन भने केही हिंसात्मक पनि भएको थियो । प्रहरीले १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो जसमा प्रहरीको कुटाईबाट घाइते भएका दुई जनालाई अस्पताल भर्ना गर्नु परेको थियो । प्रदर्शनकारीमाथि दमन गरेको भन्दै शनिबार अझ बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । युरोपेली युनियनमा आबद्ध भएको तेह्र वर्ष बितेको भए पनि बुल्गेरियाको आर्थिक अवस्था अत्यन्त नाजूक छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बुल्गेरियामा युरोपेली युनियनमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको जनाएको छ ।

२९ असार २०७७, सोमबार १९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..