कोरोनाका कारण मृत्यु हुनेमा मेक्सिको पुग्यो चौथो स्थानमा

मेक्सिको:विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ ।

    अधिकारीहरुले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हकिन्स विश्वविद्यालयका अधिकारीहरुका अनुसार कोरोनाका कारण मेक्सिकोभन्दा धेरै अमेरिका, ब्राजिल र बेलायतमा मृत्यु भएको छ । यसअघि चौथो स्थानमा रहेको इटली मेक्सिकोपछि पाँचौँ स्थानमा पुगेको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडोरले महामारी नियन्त्रणका लागि सरकारले सकेसम्मका सवै प्रयास गर्दा पनि मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको बताउनुभयो । पछिल्लो २४ घण्टामा देशका ३२ प्रदेशमा थपिएका सङ्क्रमितहरुको सङख्या भने नौ मात्रै रहेको पनि उहाँले बताउनुभयो । उप–स्वास्थ्यमन्त्री ह्युगो एलपेज जाटेलले देशभरी कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढेर आइतबारसम्ममा दुई लाख ९९ हजार ७५० पुगेको बताउनुभएको छ ।

२९ असार २०७७, सोमबार १९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..