पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना छन् । हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ ।

२९ असार २०७७, सोमबार ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..