आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको हो । आज अन्तराष्ट्रिय उडानर्फत आएका ६ जहाजमध्ये हिमालय एयरका ३, नेपाल एयरलाइन्सका २ र फ्लाई दुबईको एउटा उडान भएको छ ।

नेपाल एयरलाइन्सले बहराइनबाट १४४ जना, हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, मनिलाबाट १०८ जना र क्वालालम्पूरबाट १५६ जनालाई काठमाडौँ ल्याएको छ । दुबईबाट फ्लाई दुबईले १६० जना र जापानको नारीताबाट १६२ जनालाई नेपाल एयरलाइन्सले काठमाडौँ ल्याएको छ ।

आजै नेपाल एयरलाइन्सको जहाज १०३ जना यात्रु बोकेर काठमाडौँबाट दुबई उडेको छ ।

२८ असार २०७७, आईतवार १८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..