वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर क्षतिग्रस्त हुँदा उनीहरु छिमेकीको शरणमा छन् । मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि १ सय ४७ जना विस्थापित भएका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार वर्षाले ईश्वरपुर नगरपालिका ९ बस्ने सिताराम महतोको खपडाले छाएको एक तले घरमा पानी पस्दा घर भत्केको छ । घर भत्केपछि उनको ७ जनाको परिवार छिमेकीको शरण लिएर बसेको छ । इश्वरपुर नगरपालिकाकै वडा नम्बर १५ मा विजय दासको कच्ची घर वर्षाको कारण भत्किँएको छ ।

चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर बस्ने अब्दुल बाकेको घर कारण भत्केको छ । मलगंवा नगरपालिका ६ का नन्दकिशोर रायको घर पनि भत्किएको प्रहरीले जनाएको छ । प्रवक्ता कुँवरका अनुसार बिष्णु गाउँपालिका १ का रामधियानी राउतको घर पनि बर्षाले भत्काएको छ ।

यसैबीच सप्तरी सदरमुकाम राजविराजमा पनि क्षति पुगेको छ । वडा नम्बर २ र ५ का सबै जसो घरमा पानी पसेको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका १४ गोबरगाढाको पुरै बस्तीमा पानी पसेको छ । पानीले डुबान भएपछि ८० घरका २ सय जनाबढी व्यक्ति घेरिएका छन् ।

वडा नम्बर १३ रम्पुरा मल्हनियाँ, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ सहितका ठाउँमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् ।

२८ असार २०७७, आईतवार १४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..