सगरमाथा टेलिभिजन १३ वर्षे यात्रा सफलतापूर्वक पूरा गरी १४ औं वर्षमा प्रबेश

असार २७, काठमाण्डौं । नेपालको पहिलो समाचार च्यानलका रुपमा स्थापित सगरमाथा टेलिभिजन,आफ्नो १३ वर्षे यात्रा सफलतापूर्वक पूरा गरी १४ औं वर्षमा प्रबेश गरेको छ। दर्शकहरुको असिम शुभेच्छा, माया, सद्भाव, रचनात्मक सहयोग र खबरदारीले नै तेह्रबर्षे यात्रा सहज, सफल र सार्थक भएको हो ।

पुर्खौली थलो कास्की घान्द्रुक भई काठमाडौलाई कर्मथलो बनाउनु भएका आम गुरुङ समुदायका आदर्श पात्र एवं मार्गदर्शकका रुपमा समेत चिनीनु भएका सफल व्यावसायी निर्मल गुरुङको अध्यक्षतामा सञ्चालित सगरमाथा टेलिभिजनले चौधौं बर्षमा प्रवेश गर्नु आम मिडिया व्यवसायीहरुका लागि समेत गौरबको बिषय बनेको छ ।

बार्षिकोत्सबका अवसरमा अध्यक्ष गुरुङले-“दर्शकहरुको उल्लेखनिय सहभागिता सहयोग र सुझावका कारण प्रगतिपथमा लम्काइरहेको र अनवरत रुपमा यो तेह्र बर्षे यात्रामा सफलता दिलाएको जानकारी गराउन पाउँदा आफुलाई गौरवान्वित भएको महसुस गरेको बताउनु भएको छ ।”उहाँले भन्नुभयो-“हाम्रो विगतमा झैँ आगामी यात्रामा पनि तपाईहरुको साथ सहयोगले थप उर्जा मिल्ने अपेक्षा लिएका छौं ।”

अध्यक्ष गुरुङले भन्नुभयो-“राजनीतिक स्थायीत्वसँगै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा हाम्रो पनि कार्यभार हो भन्ने मनन गरि हामी व्यावसायिक पत्रकारिताको माध्यमबाटै देशका लागि रचनात्मक योगदान पुर्याषउनमा कुनै कसर बाँकी राख्ने छैनौं ।”अगाडी थप्दै गुरुङले भन्नुभयो-“आवाजविहीनहरुको आवाज बन्ने हाम्रो संकल्प र आम जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्ने हाम्रो दायित्वलाई अझ सशक्त ढंगबाट पूरा गर्ने हामीले अठोट लिएका छौं ।सत्य, निर्भिक, स्वतन्त्र एवं व्यावसायिक पत्रकारिता मार्फत हामी निरन्तर देशको पहरेदारको भूमिका निर्वाह गर्ने दायित्वबाट कदापि बिचलित हुने छैनौं ।”

विभिन्न आरोह–अवरोहको अबिचलित यात्रा पार गर्दै सगरमाथा टेलिभिजनले १४ औं वर्ष प्रबेश गरेको हुँदा पत्रकारिताको मूलभूत मूल्य–मान्यताप्रति हाम्रो अविचलित यात्रा कायमै रहने प्रतिबद्धता समेत वहाँले व्यक्त गर्नु भयो ।

आम दर्शकहरुको आवश्यकता र चाहना नै सगरमाथा टेलीभिजनको प्राथमिकता र अर्जुनदृष्टि भएकोले नेपालमा सञ्चार जगतमा आएको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हामीले अवसरका रुपमा लिएर अगाडी बढीरहेको समेत बताउनु भयो ।

विज्ञान र प्रविधिको दु्रत विकासले नयाँ अवसर र सञ्चार क्षेत्रमा व्यापक बदलाव ल्याइरहेको छ। यस यर्थाथलाई मध्यनजर गरि नयाँ सञ्चार आयामको विकाससंगै दर्शक र पाठकको रुचीमा आइरहेको विविधीकरणलाई ध्यानमा राखी सगरमाथा टलिभिजनले आफुलाई परिमार्जित र विस्तारीत गर्दै अघि बढ्ने कुरामा विश्वास दिलाउन चाहान्छ।साथै नयाँ प्रविधिको विस्तार र नयाँ माध्यम पनि थप गरिँदै जाने प्रतिवद्धता समेत बार्षिकोत्सबका अवसरमा अध्यक्ष गुरुङले व्यक्त गर्नुभयो ।

२७ असार २०७७, शनिबार २१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..