म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ मा ९ जना बेपत्ता छन् । मालिका–६ मा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

तर वेपत्ताको खोजि कार्यमा समस्या आएको छ । पहिरोले बाटो र पुल बगाएका कारण उद्धार टोलीलाई पुग्नै कठिन भएको हो । मौसमले समेत साथ नदिँदा ३ पटकसम्म हेलिकप्टर घटनास्थल पुग्न नसकेर फर्किएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद अधिकारीका अनुसार रघुगंगा खोलाले पुल बगाउँदा पैदलमार्गबाट उद्दार टोली जान सकेको छैन । सेनाको हेलिकप्टर २ पटक गएपनि मौसमका कारण पुग्नै सकेन । प्रभु एयरको हेलिकप्टर सानो हुने भएकाले पोखराबाट मगाएपनि पानी र हुस्सुका कारण लुम्लेबाटै फर्किएको छ ।

शुक्रबार विहान गएको पहिरोका कारण धौलागिरि गाउँपालिका–७ ताकममा ५१ वर्षीय जालिमा केसी र उनकै छोरा प्रकाश केसीको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल खोलामा खस्दा ३ सय मिटर टाढा उनको शव भेटिएको छ ।

धौलागिरि गाउँपालिकाको मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । पहिरोले क्षति पुर्‍याएका घरबाट ८० जनाको उद्धार भइसकेको छ । २ सय जनाको उद्धार गर्न बाँकी छ ।

२६ असार २०७७, शुक्रबार १९:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..