जंगी अड्डाको फुटबल मैदानमा बनाएको पूर्वाधार एन्फाद्वारा हस्तान्तरण

काठमाडौँ, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय छेउको फुटबल मैदानमा निर्माण गरेको पूर्वाधार सेनालाई हस्तान्तरण गरेको छ । जंगी अड्डा अगाडीको फुटबल मैदानमा खेलाडी र रेफ्रीका लागि एन्फाले बनाएको अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम सेनालाई हस्तान्तरण गरेको हो ।

मैदानको लेवलिङ पनि एन्फाले नै गरेको थियो । चेन्जिङ रुमसहित मैदानको स्तरोन्नतीमा १५ लाख रुपैयाँ खर्च भएको एन्फाले जनाएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापालाई निर्माण गरिएको पूर्वाधार हस्तान्तरण गरेका हुन् ।

यो मैदान विश्वकप तथा एसिया कप छनोटका लागि एन्फाले प्रयोग गर्न पाउनेछ । अक्टोबर र नोभेम्बरमा नेपालमा हुने विश्वकप छनोटका खेलका लागि अभ्यास खेलमा यो मैदान प्रयोग गरिने एन्फाले जनाएको छ ।

२६ असार २०७७, शुक्रबार ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..