बूढानीलकण्ठको बजेट रु एक अरब ६८ करोडः डुबान अध्ययन गरिने

बूढानीलकण्ठ, २५ असार :बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु एक अरब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ ।

     नगरसभाले आव ०७७÷७८ लाई लक्ष्य गरी ८४ महत्वपूर्ण निर्णयसमेत गरेको छ । बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका निम्ति रु आठ करोड विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता तथा १० नं वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याएको छ । विनियोजन ऐनअन्तर्गत वडागत योजनाका लागि प्रत्येक वडालाई रु दुई करोड १५ लाखका दरले करीब २८ करोड बजेट विनियोजन गरेको हो ।

     चालु आवमा नगरपालिकाले विभिन्न वडामा तीन सार्वजनिक शौचालय तथा प्रत्येक वडामा दुई उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णयसमेत गरेको छ । यस वर्ष नगरपालिकाले विशेष गरी नगरपालिकाभित्रका ठूला सडकमा सार्वजनिक जग्गा संरक्षण तथा उद्यान निर्माण, खानेपानी संरचना, कोसेली घर र नगर अस्पताल भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले कोभिड –१९ ले नगरवासी तथा व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी आव २०७७÷०७८ को पहिलो चौमासिकसम्म सोही आर्थिक वर्षको सम्पत्ति करमा १५ प्रतिशत छुट दिने भएको छ । साथै व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ । नगरसभाले १६ ऐन तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ ।

२५ असार २०७७, बिहीबार २०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..