शन्देसमूलक तीज गीत ‘सँगै नाचौँ गाईज’ बजारमा

काठमाडौँ, २५ असार । यज्ञराज बुढाथोकी र अमृता लामिछानेको ‘सँगै नाचौँ गाईज’ बोलको तीज गीत बजारमा आएको छ । यज्ञराज बुढाथोकी, अमृता लामिछाने र धना मगरले आवाज दिएको गीतमा कोरोना भाइरसका कारण सिर्जना भएको पछिल्लो अवस्थाको चित्रण गरिएको छ । गीतले घर बाहिर नजान, परिवारमै रमाईलो गर्न अनुरोध गरेको छ । योसँगै गीतको भिडियोमार्फत सर्वसाधारणहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

सत्यवती कला केन्द्रको पोष्ट प्रोडक्सनमा तयार भएको गीतको निर्देशन उदिराम खड्काले गरेका छन् । विन्दु खड्का कोरियोग्राफरमा तयार भिडयोको छायांकनमा मिराज अर्यालले गरेका हुन् । भिडियोको सम्पादन भने विवेक खड्काले गरेका हुन् ।

गीतको शब्द गायक बुढाथोकीले नै तयार पारेका हुन् । उदीराम खड्काको निर्देशन र सञ्जय श्रीपालको एरेन्जमा तयार गीतको म्युजिक भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरण क्षेत्री र गणेश राईको अभिनय देख्न सकिन्छ ।

भिडियोः

२५ असार २०७७, बिहीबार १८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..