ला लिगाः बार्सिलोनाको जितमा निर्णायक गोल गरेका स्वारेजले बनाए यस्तो किर्तिमान

एजेन्सी, २५ असार । स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले इस्पान्योललाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो । स्वारेजले खेलको ५६ औँ मिनेटमा गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै स्वारेज बार्सिलोनाको अल टाइम स्कोररमा तेस्रो स्थानमा उक्लिएका छन् । बार्सिलोनाका लागि अहिलेसम्म १९५ गोल गरे उनी मेसीको ६३० र सेजारको २३२ पछि बार्सिलोनाका लागि तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन् । बार्सिलोनाका अन्सु फातीले खेलको ५० औँ मिनेटमा र इस्पान्योलका पोल लोजानोले ५३ औँ मिनेटमा रातो कार्ड पाएपछि दुवै टिम १०/१० खेलाडीमा समिति थिए ।

यो जितसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ३५ खेलमा ७६ अंक बनाएको छ । शिर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३४ खेलबाट ७७ अंक छ ।

२५ असार २०७७, बिहीबार १४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..