शुल्क लिएर कोरोना परीक्षण गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर कोरोनाको पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको खबर आएको भन्दै त्यसो गरे कारबाही गरिने चेतावनी दिएका हुन् ।

कोभिड–१९ सम्बन्धी परीक्षण सरकारी खर्चमा भइरहेको जानकारी गराउँदै उनले सरकारले गराएको परीक्षणको शुल्क माग गरे कारबाही गरिने चेतावनी दिएका हुन् ।

हाल काठमाडौँ उपत्यकाका तीन वटा सरकारी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने सुविधा छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा स्वेच्छाले शुल्क तिरेर कोरोना परीक्षण गराउन सकिने छ । मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

सरकारले लक्षण देखिएका व्यक्तिको मात्र पिसिआर परीक्षण गर्ने जनाएपछि यी मापदण्डमा नपरेका व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गर्दै आएका छन् ।

२४ असार २०७७, बुधबार १९:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..