वर्षाले बेलैमा रोपाइँ

बागलुङ, २४ असार : जिल्लामा ५५ प्रतिशत रोपाइँ सकिएको छ ।

वर्षाले साथ दिएपछि चाँडै रोपाइँ भएको हो । असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “मौसम अनुकूल पर्नाले यसपालि रोपाइँ छिटो भयो”, केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो । सिञ्चित र दुई बाली फल्ने खेतमा त जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको थियो । बढी धान उब्जाउ हुने मजुवा फाँटमा रोपाइँ सकिएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटका मजुवालगायत फाँट खोला आसपास भएकाले रोपाइँलाई समस्या नपर्ने उहाँको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।

आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । छिटो रोपाइँ हुने क्षेत्रमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत पर्छन् । तीन बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । “बागलुङमा प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ”, वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भन्नुभयो, “उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तारै बढ्दै छ ।” बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । तुलनात्मक रुपमा भने अहिले पनि स्थानीय जातकै धान खेती बढी हुने गरेको केन्द्रले जनाएको छ । उन्नत धानको खेती बढाउन किसानका लागि बीउ वितरण, विज वृद्धिजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १,२,३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ । छिमेकी पर्वत जिल्लामा भने हालसम्म जम्मा २५ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्वतमा झण्डै साढे आठ हजार हेक्टरमा धान खेती हुँदै अएको छ । केन्द्रको कार्यक्षेत्रमा बागलुङ र पर्वत पर्छ ।

२४ असार २०७७, बुधबार १४:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..