नेपाल एयरलाइन्सका ९ कर्मचारीमा कोरोना पुष्टि, आगामी उडान के होला ?

काठमाडौँ, २३ असार । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित नौ कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । उनीहरु सोल्टी होटलको क्वारेन्टिनमा बसेका थिए । उडान सकेर क्वारेन्टिनबाट घर पठाउने बेलामा गरिएको पीसीआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यमा कोरोना पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि निगम व्यवस्थापनले थप सतर्कता अपनाएर पूर्व निर्धारित चाटैड उद्धार उडान भने यथावत् सञ्चालन हुने पनि जनाएको छ ।

२३ असार २०७७, मंगलवार २२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..