‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले काँग्रेस प्रतिपक्षमै बस्ने बताएको छ । सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव राखेको चर्चा बाहिर आएपछि केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले सभापति शेर बहादुर देउवासँग यसबारे जवाफ माग गरेका थिए ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने सत्ता साझेदारका लागि काँग्रेसलाई प्रस्ताव आएको भन्ने चर्चाका बारे ‘आपसमा हल खोज्न नसक्ने र काँग्रेसको टेको टेक्नुपर्ने अवस्थामा सत्तारुढ दल पुगिसकेको छ जस्तो छ हामीलाई लाग्दैन’ भने । उनले सार्वजनिक रुपमै त्यस्तो प्रस्ताव आए त्यतिबेला नै टिप्पणी गर्ने प्रवक्ता शर्माको भनाई छ ।

शर्माले भने, ‘यो वा त्यो अवस्था उत्पन्न भएको अवस्थामा पनि यो कार्यकाल भर सिंहदरबारमा हामी माग राख्न खुट्टा टेकौंला तर मन्त्रालय चलाउने गरी टेक्दैनौं ।’

२२ असार २०७७, सोमबार २२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..