सन्दीप  ९० हजार डलरमा क्यारेबियन लिगका लागि तलावाजमा अनुबन्ध

काठमाडौँ, २२ असार । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो ।

सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ) मूल्य राखेका थिए । सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट जस्ता चर्चित खेलाडी छन् ।

ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा थिए । सन्दीपले लगातार तेस्रो सिजन सिपिएल खेल्दै छन् । २०१८ मा सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए ।

यसपटकको लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुँदैछ ।

२२ असार २०७७, सोमबार २१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..