ला लिगामा भियारियालविरुद्द बार्सिलोनाको सहज जित

एजेन्सी, २२ असार । स्पानिस ला लिगा अन्तर्गत गएरातीको खेलमा बार्सिलोनाले भियारियालालई ४–१ गोल अन्तरले पराजित गरेको छ । कप्तान लियोनल मेस्सीले दुई असिस्ट गरेको खेलमा लुइस स्वारेज, एन्टोनी ग्रिजम्यान र अशु फाटीले गोल गरेका थिए । मेसीको गोल भने भिएआरले मान्यता दिएन । जितपछि बार्सिलोनाले रियल मड्रिडसँग अंक दूरी ४ मा झारेको छ ।

भियारियालको घरेलु मैदानमा पाउ टोरेसले आत्मघाती गोल गर्दा खेलको तेस्रो मिनेटमै बार्सिलोनाले अग्रता लिएको थियो । १४औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए । तर त्यसको ६ मिनेटपछि नै स्वारेजले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । स्वारेजको गोलले पनि भिएआर परिक्षणपछि मान्यता पाएको हो ।

यस्तै पहिलो हाफको अन्तिम समयमा मेस्सीकै असिस्टमा ग्रिजम्यानले बार्सिलोनाको लागि तेस्रो गोल गरे । ६९औं मिनेटमा कप्तान मेस्सीले गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता दिएन । ८६औं मिनेटमा अंशु फाटीले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोनाले ४–१ को जित हात पारेको हो ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक छ भने समान खेलबाट रियल मड्रिडको ७७ अंक छ ।

२२ असार २०७७, सोमबार ०९:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..