कोरोनाले विदेशमा १४३ नेपालीको मृत्यु, यो साता मात्रै १३ नेपालीले ज्यान गुमाए

लण्डन, २१ असार । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जना नेपालीको ज्यान गयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६, भारतमा ५ जना, ओमानमा १ जना र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म १४ देशमा १४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुँदैगइरहेको तथ्यांकले देखाउँछ ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय बढीको उद्धार

कोरोना भाइरसका कारण बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दार तीब्र गतिमा भईरहेको छ । १२ औँ पटक अपडेट सार्वजनिक गर्दै एनआरएनले विदेशस्थित नेपाली कुटनीति नियोगसँग मिलेर जुनको पहिलो सातादेखि हालसम्म २१ देशबाट १८ हजार २९३ नेपालीको उद्दार गरिएको जनाएको छ ।

अफगानिस्तान, अष्ट्रिलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किएका छन् ।

११५ शव नेपाल ल्याईयो

यसैबीच विदेशमा निधन भएका नेपालीको ३५२ शवमध्ये ११५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी छ । ती शवमध्ये १३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

नेपालमा हालसम्म १५ हजार ४९४ जनामा कोरोना संक्रमण देखिए पनि हालसम्म ६ हजार ४१५ जना कोरोना मुक्त भएका छन् । ३४ जनाले ज्यान गुमाएका छन् ।

२१ असार २०७७, आईतवार ०९:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..