देशभर वर्षाको सम्भावना

काठमाडौँ, २१ असार । आज आइतबार दिनभर मौसम बदली रहने अनुमान गरिएको छ । मौसमविद्हरुका अनुसार आजदेखि थप अर्को मनसुनी प्रणाली थपिएको छ । भारत उत्तर प्रदेशमा निम्न चापीय क्षेत्र निर्माण भएको र यसको प्रभावले उत्तर प्रदेश नजिक रहेका नेपालका प्रदेशमा मनसुनी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

यो प्रणालीका कारण प्रदेश ५ मा वर्षा बढ्ने सम्भावना देखिएको उनको भनाई छ । सोही प्रणालीले बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि मनसुनी गतिविधि बढाउने सम्भावना छ ।

आइतबार देशभर साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा आज राती भारी वर्षाको सम्भावना छ ।

२१ असार २०७७, आईतवार ०८:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..